ad ad

समाज


कञ्चनपुरको बाणिमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुरको बाणिमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १०:५१,

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राज मार्गअवरुद्ध गरेका छन्।

नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति पैदल यात्रु ३० वर्षीय रामबहादुरलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएपछि स्थानीय बासिन्दाले सवारीसाधनको पहिचान गरी कार्वाही गरिनुपर्ने, क्षतिपूर्तिको रकम उपलव्ध गराइनु पर्ने र घाइतेको उपचार खर्च उपलव्ध गराइनु पर्नेलगायतका माग अघि सार्दै राजमार्ग अवरुद्ध गरेका हुन्।

पैदल हिड्दै गरेका अर्का महाकाली नगरपालिका–२ का रामबहादुर ठगुन्ना सोही सवारीसाधनको ठक्करबाट घाइते भएका थिए। माग पुरा नहुँदासम्म अवरुद्ध सडक नखुलाइने स्थानीय राम नाथले बताए।

शनिबारसमेत स्थानीय बासिन्दाले केही बेर पूर्वपश्चिम राजमार्ग बन्द गरेपछि प्रहरीले ठक्कर दिने सावरीसाधन नियन्त्रणमा लिई सकिएको बताएपछि अवरुद्ध राजमार्ग खुलाएका थिए। ठक्कर दिने सवारीसाधनको पहिचान खुल्न नसकेका कारण सडक अवरुद्ध गर्नुपरेको स्थानीय बासिन्दाको भनाइ छ।

मृतक रोकाया कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया घर भई कृष्णपुरमा काकाको घरमा बस्दै आएका थिए। राजमार्ग अवरुद्ध भएपछि लामो र छोटो दुरीका यातायाका साधान प्रभावित भएका छन्। यात्रुले पैदल नै गन्तव्यमा पुग्नु पर्ने अवस्था सृजना भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .