ad ad

खेल


भैरहवामा कलेजस्तरीय क्रिकेट प्रतियोगिता : दीप र लीलाराम विजयी

भैरहवामा कलेजस्तरीय क्रिकेट प्रतियोगिता : दीप र लीलाराम विजयी

प्रकाश न्यौपाने
मंसिर ८, २०७६ आइतबार ११:७,

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा दीप बोर्डिङ उच्च मावि र रुपन्देही लीलाराम न्यौपाने उच्च मावि विजयी भएका छन् ।

दीपले नवज्योति उच्च माविलाई ३३ रनले पराजित गर्यो भने लीलारामले लुम्बिनी बाणिज्य क्याम्पसलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको दीपले निर्धारित २० ओभरको खेलमा ५ विकेट क्षतिमा १२७ रन बनायो । उसका लागि अर्जुन गिरीले अर्धशतक पूरा गरे । उनले ५६ रनको योगदान दिए । यस्तै, सैकोट विश्वासले ३१ र प्रकाश केसीले १० रन बनाए । बलिङमा नव ज्योतिका कृष्ण कार्कीले २, अभिषेक गौतम, अंकित सिग्देल र आषिश गुरुङले समान १÷१ विकेट लिए ।

जवाफमा नव ज्योतिले ९ विकेट क्षतिमा ९४ रन मात्रै बनायो । जसमा दिप्शन थापाले १८ रन बनाए पनि अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । बलिङमा दीपका पोषण सुवेदीले ४, राहुल शर्माले ३ तथा प्रकाश केसी र प्रज्वल घिमिरेले १/१ विकेट लिए । दीपका पोषण सुवेदी म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वाणिज्यले निर्धारित खेलमा १६.४ ओभरमा सबै विकेट गुमाई ६२ रनमै समेटियो । जसमा भुवन पाण्डेले ३१ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न बलिङमा लीलारामका सन्तोष यादवले ३, रमेश कुर्मी र रोशन थामीले २/२ तथा शरद रोय र पुरुषोत्तम भट्टराईले १÷१ विकेट लिए । जवाफमा लीलारामले ५ विकेट क्षतिमा ६६ रन बनाई लक्ष्य भेट्टायो । उसका लागि रोशन थामीले १७ र तुलबहादुर थापाले १६ रन बनाए । बलिङमा वाणिज्यका नवीन खड्काले २, विकास श्रेष्ठ, राहुल कुमार र सन्तोष क्षेत्रीले १÷१ विकेट लिए । लीलारामका सन्तोष यादव म्यान अफ द म्याच घोषित भए ।

सोमबार पहिलो खेल काशी नोबल एकेडेकी र शनसाइन आवासीय उच्च मावि तथा दोस्रो न्यू होराइजन कलेज र भैरहवा नमूना कलेजबीच हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए । जिल्लाका १६ वटा कलेज सहभागी प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । संघका सदस्यसमेत रहेका युवा व्यवसायी विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .