ad ad

समाज


सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता गर्ने, पहिलो हुनेलाई तीन लाख

सेनाले सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिता गर्ने, पहिलो हुनेलाई तीन लाख

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १०:२,

नेपाली सेनाले विज्ञान तथा प्रविधिको क्षेत्रमा कार्यरत स्वदेशी नवप्रतिभाको पहिचान र प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्ने भएको छ।

शैक्षिक संघसंस्था, सरकारी निकाय र निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा सैनिक आवश्यकताको विज्ञान तथा प्रविधिमा विकासको वातावरण बनाउने लक्ष्यअनुरुप दोस्रोपटक यस्तो प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ।

प्रतियोगिता ०७७ वैशाख १९ र २० गते आयोजना हुनेछ। यसमा रक्षा प्रविधि, वातावरण तथा संरक्षण प्रविधि, आन्तरिक सुरक्षा प्रविधि, प्रकोप नियन्त्रण सहयोगी प्रविधिका विषयहरु प्रतियोगितामा समावेश हुनेछन्। यसका लागि अनलाइनमार्फत फारम भर्न सकिने सेनाले जनाएको छ। सहभागीलाई चार समूहमा विभाजन गरी प्रतियोगिता आयोजना हुने र विजेतालाई पुरस्कृत गरिने सेनाले विज्ञप्तिमार्फत जनाएको छ। प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीहरु, अन्डर ग्रेजुएट, व्यावसायिक व्यक्ति तथा संस्थाहरु र नेपाली सेना गरी चार समूह हुनेछन्। जसअन्तर्गत व्यावसायिकतर्फ प्रथम हुनेले तीन लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

त्यस्तै अन्डर ग्रेजुएटतर्फ प्रथम हुनेले २ लाख, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार पाउनेछन्। कक्षा १२ सम्मको विद्यार्थी समूहमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, ७५ हजार र २५ हजार तथा नेपाली सेनाबाट भाग लिनेमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार पाउने सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .