दुई दिनदेखि हराइरहेको डिजल ट्यांकर धनुषाको सपही भन्ने स्थानमा फेला परेको छ।
क्षिरेश्वरनाथ नगरपालिका– १ मा रहेको राजदेवी मन्दिरको छेउमा पार्किङ गरिराखेको अवस्थामा ट्यांकर फेला परेको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खरेलले जानकारी दिए।
ट्यांकर सिरहा प्रहरीलाई बुझाउने तयारी भईरहेको छ। थप अनुसन्धान सिरहा प्रहरीले गर्ने खनालले बताए।
प्रहरीका अनुसार सशस्त्र प्रहरीकाे सुरक्षा वेश नक्टाझिझबाट सशस्त्र प्रहरी निरीक्षककाे नेतृत्वमा रहेकाे टाेलीले टंयाकर खाेजेकाे हाे। त्यसपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाइ रित्तो ट्यांकर जिम्मा लगाएकाे थियाे।
मंगलबार टंयाक्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरीको खोजीपछि रित्तै फर्किएको थियो।

अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्यांकर दुई दिनदेखि हराएको थियो।
ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ बजे गायब भएको प्रहरीले जनाएको थियो। ट्यांकरका चालक भने मंगलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए।
प्रहरीका अनुसार चालक रामदेव यादव र सहचालक उमेश यादवले आफूहरुलाई राति एक समूहले अपरण गरी ट्यांकर भारततर्फ लगेको बताएका थिए।
प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महंगो पर्ने भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका गरिएको छ। उक्त ट्यांकरमा काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको २० हजार लिटर डिजेल थियो।
नेपाल आयल निगमले ‘अपहरण’ मा परेको भनिएको ट्यांकरको खोजी गर्न एक समिति बनाएको छ। निगमले मंगलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

प्रतिक्रिया