मन्त्रिपरिषद पुनर्गठनको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तिम चरणमा छलफल तीव्र भएको छ।
यस विषायमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच केहीबेर अघिबाट बालुवाटारमा छलफल सुरु भएकाे छ।
ओलीसँग छलफलका लागि प्रचण्ड खुमलटारबाट सिधै वालुवाटार गएका हुन्। त्यसअघि प्रचण्डले आफ्नै निवासमा बिहान ऊर्जामन्त्री वर्षमान पुनसँग छलफल गरेका थिए।
ओली-प्रचण्डबीच छलफलपछि दिउँसाे साढे १२ बजेका लागि सचिवालयक बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहरका सूर्य थापाले जानकारी दिए।
‘मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भैरहेको छ’ थापाले नेपालखबरसँग भने, ‘आज साढे १२ बजे बस्ने सचिवालय बैठकपछि त्यस विषयले निष्कर्ष पाउँछ।’
मन्त्रिपरिषद पुनर्गठनको विषयमा दुवै अध्यक्षबीच छलफलका लागि मंगलबार साँझै समय तोकिएको थियो। तर, प्रचण्ड उपत्यकाका बाहिर रहेकाले बुधबार बिहान बैठक बस्न लागेको हो।
दुवै अध्यक्षबीच छलफल पछि सचिवालय बैठक बस्ने बताइएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओली मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए।

प्रतिक्रिया