छापा खबर


सिंगो देश प्रधानमन्त्रीको स्वास्थ्यमा मात्रै रुमल्लिन मिल्छ?

सिंगो देश प्रधानमन्त्रीको स्वास्थ्यमा मात्रै रुमल्लिन मिल्छ?

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ४:९,

सिंगो देश प्रधानमन्त्रीको स्वास्थ्यमा मात्रै रुमल्लिएको छ।

प्रश्न उठ्छ-यो कति आवश्यक छ? यो चर्चा गरिरहनुपर्ने, सयम व्यतित गरिरहनुपर्ने विषय हो वा ओलीको निजी जीवनसँग सम्बन्धित कुरा।

आजको जनआस्था साप्ताहिक अघि लेख्छ– प्रधानमन्त्रीको स्वास्थ्यको पछि लाग्न छाडेर देश बनाउने, जल्दाबल्दा समस्या समाधानतिर एकजुट हुने घडी पो घर्कियो कि?

ओलीको स्वास्थ्य उपचारको काम नियमित रुपमा चल्दै आएको छ।

सँगसँगै सरकारको काम पनि नियमित गतिमा गइरहोस भनेर सिंगो मुलुक त्यतातिर केन्द्रीत हुनुपर्ने अबस्था छ।

तर, ‘भोली नै ओली विदेश जाने, उहाँको अनुपस्थितिमा अर्का अध्यक्षको हैसियत के हुने? अर्को हप्ता अस्पताल भर्ना हुने, मिर्गौला प्रत्यारोपण गर्ने वा डायलाइसिस मात्रै गर्ने?, कार्यबाहक प्रधानमन्त्री कसले चलाउने?’ जस्ता समाचार लेखाइले देशको प्रशासन संयन्त्रमा अवरोध आउँछ कि सुचारु?

यी चर्चा गरिरहनुपर्ने विषय हुन् कि होइनन्? महिनौदेखि मन्त्रीहरु आज हटाइने कि भोली जस्ता लेखाइले कर्मचारी कुन जाँगरले काम गर्लान्?

हामी अलि नचाहिने विषयमा बढी केन्द्रीत भयौँ कि? उपचार गर्नु आवश्यकता हो। त्यो उपचारमा कुनै समस्या, बाधा व्यवधान ल्याइनु हुँदैन। तर, यस्तै यस्तै कुरामा रुमल्लिरहने बेला यो होइन।

बिरामी अवस्थामा पनि प्रधानमन्त्रीले आफ्नो कर्तव्य नियमति रुपमा पालना गरिरहेका छन्।

तर, हाम्रा मिडिया, बुद्धिजीवि र समाजका सबै अवयवहरुले यही बिरामीका, कार्यबाहकका, मन्त्री हटाउने र बनाउने सबै फैसला गरिसके।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad