ad ad

समाज


पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:१०,

एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनी बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका हुन्।

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त विरामी भएपछि उनलाई पाकिस्तानकै एक अस्पतालमा उपचार गराइएको थियो।

त्यसपछि उनलाई आफ्नै निवासमा अति सघन कक्ष (आइसियु) को व्यवस्थामा उपचार भइरहेको थियो।

तर स्वदेशमा गरिएको उपचारबाट सन्तोषजनक सुधार नभएपछि उनलाई मङ्गलबार थप उपचारका लागि लण्डन लगिएको हो।

जेल सजाय भोगिरहेका सरिफलाई जेल बाहिर निकालेर उपचार गर्न अदालतले आदेश दिएको थियो भने विदेश गएर उपचार गर्न सरकारले अनुमती दिएको हो।

तीन पटकसम्म देशको प्रधानमन्त्री बनेका ६९ वर्षीय सरिफलाई रगतमा समस्या भएको चिकित्सकहरुले बताएका छन्।

उनका चिकित्सकहरुका अनुसार सरिफले “जीवनसँग संघर्ष” गरिरहेका छन्।

उनलाई उपचार गर्न विदेश जान दिने की नदिने भन्ने बारेमा लामो समयसम्म छलफल भएपछि सरकारले उनको अवस्था थप नाजुक हुदै गएकाले विदेश जान अनुमति दिएको हो। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .