ad ad

राजनीति


विप्लवका पूर्व पोलिटब्युरो सदस्यद्वारा पार्टी परित्याग

विप्लवका पूर्व पोलिटब्युरो सदस्यद्वारा पार्टी परित्याग

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:१०,

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य कृष्ण धमला ‘गम्भीर’ले पार्टी परित्याग गरेका छन्। 

केही समयअघि पक्राउ परेका नेता धमला सो समूहभित्र प्रभावशाली नेताको रुपमा चिनिन्थे। धमलामाथि पार्टीको गोपनीयता खोलेको आरोपमा नेकपाले कारबाही गरेको थियो।

उनले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको पछिल्लो योजना र समग्र विषयमा असहमत भएकाले पार्टी छाडेको बताएका छन्।

उनले आगामी दिनमा स्वतन्त्र वामपन्थीको रुपमा क्रियाशील रहने बताएका छन् । ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागि रहने’ उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .