समाज


नेपालको मौसममा चार प्रणालीको प्रभाव

नेपालको मौसममा चार प्रणालीको प्रभाव

नेपालखबर
मंसिर १, २०७६ आइतबार २:३७,

यतिबेला (आइतबार बिहान) देशका पहाडी क्षेत्रमा मौसस आंशिकदेखि सामान्यसम्म तथा तराईका केही स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी पहाडी भेगमा आंशिकदेखि सामान्यसम्म, मध्य पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

साथै आज पूर्वी पहाडी भेगका एक वा दुई स्थानमा छिटफुट वर्षा हुने सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।

यसैगरी राति देशका पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ।

यस्तै साेही राति पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। 

वरिष्ठ मौसमविद् पौडेलका अनुसार नेपालको मौसममा अहिले चार प्रणालीको प्रभाव परेको छ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा विकसित पश्चिमी न्यून चापीय प्रणाली, भारतको राजस्थानमा बनेको न्यून चापीय प्रणाली र दक्षिण-पश्चमी बंगालको खाडीदेखि मध्य-पूर्वी बंगालको खाडीसम्म कायम न्यून चापीय रेखाको असर नेपालमा परेको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad