समाज


भिरबाट लडेर पर्यटकको मृत्यु

भिरबाट लडेर पर्यटकको मृत्यु

नेपालखबर
मंसिर १, २०७६ आइतबार २:४२,

खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको भिरबाट लडेर मृत्यु भएको छ।

डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा भिरबाट २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।

शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ।

उनीसहित ११ जनाको समूहमा आरोही पुटलोज इन द हिमालयन प्रालिमार्फत खुम्बु आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad