समाज


पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु, तीन घाइते

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु, तीन घाइते

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ७:१७,

 पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन्।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो।

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ। आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए। ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो।

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो। एक जनाको अति सघन कक्ष (आईसीयू)मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ।

स्थानीय समयानुसार शुक्रबार बिहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे अनुसन्धान भइरहेको बताइएको छ। रासस÷सिन्हवा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad