राजनीति


सरकारले नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको छः मन्त्री विष्ट

सरकारले नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको छः मन्त्री विष्ट

नेपालखबर
कात्तिक २९, २०७६ शुक्रबार ७:३९,

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुखमय बनाउन चाहेको बताएका छन्।

 मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गरे।

शुक्रबार काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले हरेक नागरिकको सुखद् भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामा सबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पारे।

त्यस अवसरमा उनले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुखको अनुभूति गराउने पनि बताए। चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने पनि स्मरण गराए।

मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि उल्लेख गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad