ad ad

समाज


जनप्रतिनिधिले तीन लाखमा मिलाए बलात्कार घटना, ५ जना पक्राउ

जनप्रतिनिधिले तीन लाखमा मिलाए बलात्कार घटना, ५ जना पक्राउ

गोकुल जोशी
पुस २५, २०७८ आइतबार १३:७, कञ्चनपुर

कैलालीमा ७७ वर्षीया वृद्धा बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा जनप्रतिनिधिसहित ५ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जबरजस्ती करणीको घटना ढाकछोप गरेको आरोपमा घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने सहित ५ जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा बलात्कार आरोपी घोडाघोडी नगरपालिका–४ का ३० वर्षीय प्रकाश सुवेदी, मिलापत्र गराउने त्यही ठाउँका पूर्व वडा सचिव यज्ञराज आचार्य, शिक्षक होमप्रसाद सुवेदी र स्थानीय

यज्ञराज आचार्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। 

बलात्कार पीडित वृद्धाको उजुरी पछि न्यौपाने, सुवेदी, आचार्य र भट्टराई पुस १२ गते पक्राउ परेका थिए । प्रहरीका अनुसार सुवेदी भने पुस २३ गते पक्राउ परेका हुन्। 

वृद्धाले आफूमाथि भएको बलात्कार घटना झुक्याएर गाउँमै मिलापत्र गराएको आरोपमा ८ जना विरुद्ध प्रहरीमा पुस १२ गते उजुरी गरेकी थिइन्। 

पक्राउ परेकामाथि जबरजस्ती करणी घटनाको लुकाउने सघाएर मतियार बनेको अभियोगमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उजुरी परेका अन्य ३ जनाको खोजी भइरहेको छ।

मंसिर १५ गतेका दिन वृद्धामाथि प्रकाश सुवेदीले जबरजस्ती गरेको उजुरीमा उल्लेख छ । तीन लाख रुपैयाँ दिने सहमतिमा घटनामा गाउँमै मिलाइएको वृद्धाले प्रहरीसमक्ष बयान दिएकी छिन्।

सहमति भएअनुसार पैसा नपाएपछि वृद्धाले प्रहरीमा उजुरी गर्दा घटना बाहिरिएको हो। वृद्धाले दुई लाख रुपैयाँ मात्रै पाएको खुलेको छ।

‘घटनाकै दिन प्रहरीमा आइरहेका थिए तर जनप्रतिनिधि लगायतले आउन दिएनन्। दबाब दिएर मिलापत्र गराए,’ वृद्धाले प्रहरीसमक्ष दिएको बयान उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘तीन लाख रुपैयाँ दिने भनेका थिए । तर दुई लाख रुपैयाँ मात्रै दिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .