न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीमा गएको तीन दिनयता भीषण आगलागी भइरहेको छ।
उक्त आगलागी यतिबेला सिड्नीतर्फ अगाडि बढीरहेको जनाइएको छ। आगलागीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
यतिबेला दुई राज्यका १ सय २० स्थानमा आगलागी भइरहेको छ। १ सय ५० भन्दा बढी घरहरु जलेर पूर्ण नष्ट भएका छन्। हजारौं मानिसहरु विस्थापित भएका छन्।
आगलागी जारी रहेका दुई राज्यमा १३ सय अग्नी नियन्त्रक खटाइएका छन्।

प्रतिक्रिया