ad ad

समाज


कपिलवस्तुमा ट्याक्टर पल्टिँदा २ महिलाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा २ महिलाको मृत्यु

सुदीप भण्डारी
पुस २०, २०७८ मंगलबार १२:२८, कपिलवस्तु

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा २ जनाको मृत्यु भएको छ। 

जिल्लाको बुद्धभूमि नगरपालिका ३ रनगाइमा लु ४ त २४०२ नम्बरको ट्याक्टर पल्टिएको हो। 

दुर्घटनामा सोही ठाउँका ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया  फूलकुमारी थारूको मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए। 

दुर्घटनामा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका  छन्। 

बालुवा लिन मजदुर बोकेर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा ट्याक्टर सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .