बझाङको बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।
मुत्यु हुनेमा बुङगल नगरपालिका–५ की ३२ वर्षीया अन्जना धामी रहेको प्रहरीले जनाएको छ।
खर काटने क्रममा उनी वीरेखोला, किलाहाल्ले भिरबाट लडेकी हुन्। धामी शनिबार खर काट्न गएकी थिइन।
साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा धामी आइतबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया