भारतले नेपालीको कालापानी क्षेत्र समावेश गरेको नक्सा सार्वजनिक गरेको विरोधमा प्रर्दशनमा उत्रिएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको अखिल (क्रान्तिकारी) मा संवद्ध दुई दर्जनभन्दा बढी विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
आईतबार काठमाडौंको माईतीघर मण्डलामा विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएका विप्लव नेतृत्वको नेकपामा आवद्ध अखिल (क्रान्तिकारी) का नेता, कार्यकर्तालाई प्रहरीले प्रर्दशनस्थलबाटै पक्राउ गरेको हो।
उनीहरुले भारतको विरोधमा प्रर्दशन गरिरहेका विभिन्न समूहहरुको बीचमा रहेर सरकारविरुद्ध समेत चर्का नाराबाजी गरिरहेका थिए। त्यसैबेला प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुलाई नेपाल पुलिस क्लब र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ।
सरकारले ध्वंसात्मक गतिविधि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया