समाज


अस्ट्रेलियामा भीषण आगलागी, ३ को मृत्यु, हजारौं विस्थापित

अस्ट्रेलियामा भीषण आगलागी, ३ को मृत्यु, हजारौं विस्थापित

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार ५:३९,

झाडीमा लागेको आगोले अस्ट्रेलियामा आतंक मच्चाएको हो। यस आगलागीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्।

आइतबार न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीहरुमा सय स्थानमा भन्दा बढी आगो लागेको देखिएको बीबीसीले जनाएको छ।

आगलागी जारी रहेका दुई राज्यमा १३ सय अग्नी नियन्त्रक खटाइने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका छन्।

अधिकारीहरुका अनुसार हालसम्म आगोका कारण १ सय ५० घर पूर्ण रुपमा ध्वस्त हुँदा हजारौं मानिसहरु विस्थापित भएका छन्।

A NSW firefighter looks at flames raging in Old Bar

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad