बार्साको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे। उनले खेलको २३, ४५ र ४८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। बार्साको लागि चौथो गोल ८५ औं मिनेटमा सर्जियो बुस्केट्सले गरेका थिए।
सेल्टा भिगोका लागि ओलाजाले खेलको ४२ औं मिनेटमा सान्त्वना गोल गरेका थिए।
यसैबीच शनिबार नै भएको अर्को खेलमा रियल मड्रिडले एइबरमाथि ४–० को जित हात पारेको छ।
यस खेलसँगै बार्सा लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ। बार्सा र मड्रिडको समान समान २५–२५ अंक छ। गोल अन्तरको आधारमा बार्सा शीर्ष स्थानमा रहेको हो।
3
Shares

प्रतिक्रिया