कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय युवक अर्जुन दासको बीभत्स हत्या आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेद जोशीका अनुसार हत्या घटनामा संलग्नताको आशंकामा लम्की टीकापुर क्षेत्रबाट आइतबार बेलुका एक जनालाई नियन्त्रणमा लिइएको छ।
शंकास्पद उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले उनको पहिचान खुलाएको छैन।
शनिवार जानकी गाउँपालिका–९ को अमरावती सामुदायिक वनमा अरुणको बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
213
Shares

प्रतिक्रिया