ad ad

समाज


‘महा’पछि नेपालमा ‘बुल-बुल’ चक्रवातको प्रभाव

‘महा’पछि नेपालमा ‘बुल-बुल’ चक्रवातको प्रभाव

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ३:४३,

अरब सागरमा विकसित ‘महा’ नामक चक्रवातको प्रभाव नसकिँदै नेपालमा फेरि बंगालको खाडीमा बनेकाे अर्काे चक्रवात ‘बुल-बुल’को असर सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले अनुसार ‘महा’ले पश्चिमतिर प्रभाव पारेकामा ‘बुल-बुल’ चक्रवातले अब पूर्वमा प्रभाव पार्नेछ।

‘बंगालको खाडीमा विकसित बुल-बुल नाम गरेको चक्रवातको असर आउन थालेको छ,’ नेपालखबरसँग उनले भने, ‘यसको असर देशको पूर्वदेखि मध्यसम्म पर्छ।

उनका अनुसार यसले मौसम बदली तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।

उनले भने, ‘यसैकारण हिमाली भेगमा सतर्कता अपनाउन आग्रह गर्छाैं।’

उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ। दिउँसोतिर हिमाली भूभागमा हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिन्छ। भारतको गुजरातको तटीय क्षेत्रनजिकै अरब सागरमा ‘महा’ नाम गरेको चक्रवात कमजोर बन्दै निम्न चापीय प्रणालीका रूपमा रहेको छ र अझै कमजोर बन्दै जाने क्रममा छ।

तर अर्को चक्रवात ‘बुल-बुल’ बंगालको खाडीको पश्चिमी-मध्य भागमा विकास भइरहेको छ। यो प्रणाली हाल उत्तर दिशातर्फ बढ्ने देखिएको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी तीन दिनको मौसमी अनुमान:

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदलली रहने देखिन्छ । देशको पश्चिमि पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : देशको पूर्वी भू-भागमा सामान्य बदली रहने तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया माैसम सफा रहनेछ। पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ।

कार्तिक २३ गते (शनिबार)

दिउँसो : देशको पूर्वी भू-भागलगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

राति : देशको पूर्वी भू-भागमा सामान्य बदली हुने र मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ।

कार्तिक २४ गते (आइतबार)

दिउँसो : देशको पूर्वी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति : देशको पुर्वी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  : उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेका हुनाले सामान्य सतर्कता अपनाउनुहुन अनुरोध छ। #जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .