ad ad

समाज


छोरी कुट्ने ज्वाईलाई सासूले हानिन् खुकुरी

छोरी कुट्ने ज्वाईलाई सासूले हानिन् खुकुरी

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ६:४१,

दाङको घोरही उपमहानगरपालिकामा ससुराली गएका ज्वाईमाथि आफ्नै सासूबाट धारिलो हतियार प्रहार भएको छ।

दाङको शान्तिनगर गाउँपालिका ३ का ३१ वर्षीय गणेश चन्दमाथि बुधबार दिउँसो आफ्नै सासू ४१ वर्षीया मधुकुमारी मल्लले धारिलो हतियार प्रयोग गरेकी हुन्। सासूको प्रहारबाट गणेशको टाउकोमा गम्भीर चोट लागेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचारपछि थप उपचारका लागि बुधबार  राति नै नेपालगञ्ज लगिएकाे प्रहरीले जनाएको छ।

छोरी (सरस्वती मल्ल)लाई कुटपिट गरेको भन्दै मधुले ससुराली आएका बेला ज्वाईमाथि घारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय घोरहीले सासू मधुकुमारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .