चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नम्बरको मोटरसाइकल गएराति आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटनामा भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक भरतपुर– ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन्।
उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

प्रतिक्रिया