सेल्फी लिने बाहनामा हङकङका विधायक जुनिसमाथि बिहानै छुरा प्रहार

सेल्फी लिने बाहनामा हङकङका विधायक जुनिसमाथि बिहानै छुरा प्रहार

मगेन्द्र राई
कात्तिक २०, २०७६ बुधबार ४:२१,

हङकङमा चलिरहेको सरकार विरोधी आन्दोलनको विपक्षमा रहेका बेइजिङ समर्थक विधायक जुनिस हो क्वान यियुमाथि बुधबार बिहानै छुरा प्रहार भएको छ।

आक्रमणमा जुनिससँगै अन्य दुई व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसान्धन गरिरहेका प्रहरी अधिकारीका अनुसार बुधबार बिहान करिब ८ बजे चुन मुन जिल्लाको वू चुई रोडस्थित रिचल्याण्ड गार्डेनमा विधायक जुनिसमाथि आक्रमण भएको हो।

यही नोभेम्बर २४ मा हुन लागेको जिल्ला परिषद चुनावको प्रचार प्रसारमा रहेका बेला जुनिसमाथि छुरा प्रहार भएको हो। 

Junis2

साउथ चाइना मर्निङ पोस्टका अनुसार जुनिससहित घाइते तिनै जनालाई उपचारार्थ चुन मुन अस्पतालमा भर्ना गरिएको छ। छातीमा छुरा प्रहार भएपनि उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।

घटनामा आफैं घाइते भएका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा राखिएको घटनाको भिडियो फुटेजमा आक्रमणअघि आक्रमणकारीले जुनिसलाई पुष्प गुच्छासहित धन्यवाद दिएको देखिन्छ।

त्यसपछि सेल्फी लिन आग्रह गर्दै झोलाबाट मोबाईल फोन निकाल्न खोजिएको जस्तो गरि छुरा निकालेर जुनिसमाथि प्रहार गरेको देखिन्छ।

जुनिसका समर्थकहरूले तत्कालै आक्रमणकारीलाई नियन्त्रणमा लिएको भिडियोमा देखिएको छ।

Junis1

गत जुलाई २१ मा युन लोङ रेल स्टेसनमा सरकार विरोधी प्रदर्शनकारीमाथि आक्रमण गर्ने सेतो टीशर्टधारी समूहमा जुनिस पनि संलग्न रहेको प्रमाण भेटिएपछि आन्दोलनकारीबीच उनको आलोचना भइरहेको थियो।

हङकङ सरकार विरोधी आन्दोलन पाचौं महिनामा प्रवेश गर्दैगर्दा यस्ता आक्रमणका घटना बढिरहेका छन्। गत सोमबार राति साई कि वान जिल्लामा नकाबधारी समूहले छुरा प्रहार गरि २२ वर्षीय युवालाई गम्भीर घाइते बनाएका थिए।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .