समाज


बाघको आक्रमणमा माहुतेको मृत्यु

बाघको आक्रमणमा माहुतेको मृत्यु

नेपालखबर
कात्तिक १९, २०७६ मंगलबार १०:२१,

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो।

निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए।

थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए। हात्ती लिएर जंगल पसेका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो। निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad