समाज


उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा अग्रवाल निर्वाचित

उद्योग वाणिज्य संघ सप्तरीको अध्यक्षमा अग्रवाल निर्वाचित

नेपालखबर
मंसिर ६, २०७८ सोमबार ८:४९, काठमाडौँ

सप्तरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा लालुप्रसाद अग्रवाल निर्वाचित भएका छन्। अग्रवाल ७४६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

संघको उपाध्यक्षद्वयमा रमेशकुमार साह र दुर्गानन्दप्रसाद साह निर्वाचित भएका छन् भने महासचिवमा अमृतकुमार संचेती निर्वाचित भएका प्रमुख निर्वाचन आयुक्त अधिवक्ता रामकुमार यादवले जानकारी दिए। 

आइतबार संघको ११ औँ अधिवेशन भएको थियो।

संघको सचिवमा सुरेन्द्र विमल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा, सहकोषाध्यक्षमा निर्मल मुन्धडा निर्वाचित भएका छन्। यसैगरी सदस्यहरुमा सन्तोष सिंन्हा, सचिन्द्र दास, सुरेन्द्र साह ,कमल प्रसाद साह, सञ्जय पुर्वेले ,दिलीपप्रसाद गुप्ता र महिला सदस्यमा अम्बिका दाहाल विजयी भएका निर्वाचत समितिले जनाएको छ।

कूल एक हजार ३२२ मतदाता रहेको संघमा एक हजार १६१ ले मतदानमा भाग लिएका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवालले आर्थिक समृद्धि हासिल गर्न सरकारले व्यवसायीलाई सहुलियत दिनुपर्ने बताए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad