कोभिड–१९ नियन्त्रणको लागि लगाइएको नयाँ प्रतिबन्धविरुद्ध युरोपभर विरोध पदर्शन भएको छ।
बेल्जियमको राजधानी सहर ब्रसेल्समा आइतबार हजारौं मानिसले नयाँ प्रतिबन्धको विरोध गरेका थिए। प्रदर्शनको क्रममा प्रहरीले उनीहरुलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा हानेको थियो।
नेदरल्याण्ड्समा पनि संक्रमण नियन्त्रणको लागि लगाइएको प्रतिबन्धको विरोधमा हजारौंले प्रदर्शन गरेका छन्। शनिबार नेदरल्याण्ड्स को हेगमा प्रदर्शनकारीहरुले साइकल जलाइदिएका छन्। त्यस्तै अष्ट्रिया, क्रोएसिया र इटालीमा पनि कोभिड–१९ विरुद्धको प्रतिबन्धका विरोधमा मानिसहरुले प्रदर्शन गरेका छन्।
यसअघि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा कोरोना संक्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको थियो। यस्तोमा युरोपमा खोप लगाउने, मास्कको प्रयोग गर्ने र कोभिड पासको प्रयोग गर्नेजस्ता काम गर्नु जरुरी रहेको डब्ल्यूएचओले बताएको थियो।
युरोपका धेरै मुलुकमा कोभिड–१९ को संक्रमण उच्च विन्दुमा पुगेको छ। यससँगै संक्रमण नियन्त्रण तथा मानिसहरुलाई खोप लगाउन प्रेरित गर्न त्यहाँको सरकारले प्रतिबन्धका नियमहरु अघि सारिरहेका छन्।
Shares

प्रतिक्रिया