ad ad

समाज


घर नजिकैको पसलमा सामान किन्न गएकी ७ वर्षीया बालिकाको शव खरबारीमा भेटियो

घर नजिकैको पसलमा सामान किन्न गएकी ७ वर्षीया बालिकाको शव खरबारीमा भेटियो

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ९:४३, काठमाडौँ

सुर्खेतको लेकबेँसी नगरपालिका–१ ढापखर्ककी सात वर्षीया एक बालिकाको हत्या भएको छ। 

घाँटी रेटेर हत्या गरिएको अवस्थामा स्थानीय गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय लेकबेँसीले जनाएको छ।

सोमबार घरबाट करिब पाँच सय मिटर टाढा अवस्थित देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा बालिकाको शव फेला परेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

बालिका आइतबार बिहान १० बजे सामान किन्न भनी घर नजिकैको पसलमा गएकी थिइन्। दिनभरी बालिका घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। 

खबर पाएलगत्तै इप्रका लेकबेँसीका प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा पाँच जनाको प्रहरी टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा बालिकाको शव फेला परेको हो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .