समाज


कैलालीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १०:३०, काठमाडौँ

कैलालीको जोशीपुरमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय एक युवाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

जोशीपुर गाउँपालिका ५ मा बा१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा  कैलालीकै लम्की चुहा नगरपालिका ७ घर भएका २५ वर्षीय नरेश रोकायाको मृत्युु भएको  प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका रोकायाको उपकचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। 


दुर्घटनामा सोही ठाउँका २५ वर्षीय  अभिषेक चौधरी, २० वर्षीय जीवन चौधरी र २४ वर्षीय  प्रकाश चौधारी घाइते भएका छन्।  

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad