समाज


कोरोना संक्रमणबाट राष्ट्र बैंककी सहायक निर्देशक कृतिको निधन

कोरोना संक्रमणबाट राष्ट्र बैंककी सहायक निर्देशक कृतिको निधन

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार ८:५३, काठमाडौँ

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुमार थापालाई पत्नी गुमाएको १२ दिनमा पुत्रीशोक परेको छ। 

राष्ट्र बैंकमा कार्यरत ३० वर्षीया छोरी कृति थापा राजभण्डारीको यही कात्तिक १५ गते उपचारका क्रममा निधन भएको एमाले जिल्ला सचिवालय सदस्य नारायण भट्टराईले जानकारी दिए। यसअघि  ४ मात्र थापाकी ४२ वर्षीया पत्नी खुमा बुढामगरको निधन भएको थियो। 

खुमा कृतिकी कान्छी आमा हुन्। जेठी श्रीमती अन्जुको २०६६ सालमा निधन भएपछि केही वर्ष अघि मात्रै थापाले खुमासँग विवाह गरेका थिए। 

हाल परराष्ट्र मन्त्रालयमा अधिकृतको रुपमा कार्यरत रवीन्द्र राजभण्डारीसँग कृतिको ११ महिना अघि मात्रै विवाह भएको थियो । रवीन्द्र यसै साता ब्राजिल जाने तयारीमा थिए। 

आठ महिनाकी गर्भवती कृतिलाई चिकित्सकले मंसिरमा डेलिभरीको मिति दिएका थिए। खोकी बढ्दै गएपछि उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएकी थिइन्। 

कोरोना पोजेटिभ देखिनुका साथै मुटुमा पनि समस्या भएपछि कात्तिक ८ गते कृतिलाई टिचिङ अस्पताल लगेर अप्रेसन गरेर बच्चा निकालिएको थियो। बच्चा निकालेपछि भेन्टीलेटरमा रहेकी उनको एक हप्तामा मृत्यु भएको हो। 

कृतिको १२ वर्षपहिले मुटुको अप्रेसन गरि भल्ब फेरिएको थियो। मुटुका चार भल्बमध्ये उनका तीनवटा भल्ब कृत्रिम थिए। त्यस मध्ये अहिले एउटा भल्बमा समस्या आएको परिवारिक श्रोतले जनाएको छ। 

यता आमाको किरिया बस्ने क्रममै मुटुमा समस्या देखिएपछि कुमार थापाका जेठा छोरा २७ वर्षीय केशन थापा अस्पताल भर्ना भएका छन्।

गंगालाल हृदययरोग केन्द्रमा उपचाररत केशनलाई मुटुको भल्व फेर्न चिकित्सकले सुझाब दिएका छन् । १२ वर्षको उमेरमा उनको मुटुको भल्बमा प्वाल देखिएपछि लेजरथेरापी गरिएको थियो । भल्ब फेर्नको लागि अब केही दिनभित्रै अप्रेसन गर्ने तयारी भइरहेको परिवारक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad