अमेरिकाले कोभिड–१९ विरुद्धको पूरा डोज खोप लगाएका मानिसलाई मुलुकको सीमा खुला गर्ने निर्णय गरेको छ।
२० महिनादेखि विदेशी नागरिकमाथि अमेरिकाले भ्रमणमा प्रतिबन्ध लगाउँदै आएको थियो। यो प्रतिबन्ध पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका थिए।
यो प्रतिबन्धको मारमा ३० भन्दा धेरै मुलुकका नागरिक परेका थिए। यसले अमेरिकाको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर परेको थियो।
अहिले ल्याइएको नयाँ नियमअनुसार अब अमेरिका प्रवेश गर्न चाहने मानिसले कोभिड–१९ विरुद्धको पूरा डोज खोप लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ। त्यस्तै तीन दिनभित्र गरिएको कोरोना परीक्षणको नतिजा र आफ्नो कन्ट्याक्टको जानकारी पनि उपलब्ध गराउनुपर्ने हुन्छ।
अमेरिकाले लगाएको प्रतिबन्धको कारण धेरैले आफ्नो परिवारका सदस्यलाई पनि भेट्न पाएका थिएनन्।
Shares

प्रतिक्रिया