ad ad

समाज


तिहारमा २५८ जुवाडे पक्राउ

तिहारमा २५८ जुवाडे पक्राउ

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १८:४८, काठमाडौँ

तिहारको अवधिमा प्रहरीले २५८ जना जुवाडेलाई पक्राउ गरेको छ। कात्तिक १६ गतेदेखि २१ गतेसम्म देशका विभिन्न जिल्लाबाट जुवा, तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट ७१ लाख ६२ हजार ६ सय ४० रुपैयाँ बरामद गरेको छ। काठमाडौंबाट मात्रै शनिबार १६ जना, शुक्रबार ५ जना, बिहीबार १८ जना र मंगलबार ६ जना पक्राउ परेका छन्। 

यस्तै अर्घाखाँचीमा ७ जना, सुनसरीमा ३ जना, तनहुँमा २९ जना, कास्कीमा ११ जना, मोरङमा ४ जना, गोरखामा ९, कपिलवस्तुमा ३०, रुकुम पश्चिममा ५, सुर्खेतमा ६, भक्तपुरमा ३०, लमजुङमा १७, कन्चनपुरमा १० र बाँकेमा ५२ जना पक्राउ परेका छन्। 

शनिबार चार लाख ४३ हजार ५०३ रुपैयाँ नगदसहित चन्द्रागिरिबाट १६ जना पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–१४ पुरानो नैकापस्थित शंकर थापाको घरबाट जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा चन्द्रागिरिका ५२ वर्षीय पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन विडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री, ३६ वर्षीय विश्वासजङ्ग कार्की, ४० वर्षीय सन्जु थापा, ३८ वर्षीय नीरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन्। 

चन्द्रागिरिकै ४१ वर्षीय शंकर थापा, नीरञ्जन केसी, ४७ वर्षीय गणेश रसाइली र ३६ वर्षीय कृष्णबहादुर मगर रहेका छन्। पक्राउ परेकासँग प्रहरीले नगद, २० बुक तास र विभिन्न रङ्गका क्वाइन बरामद गरेको छ। 

भक्तपुरको चाँगुनारायणबाट १५ जना जुवाडेलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट करिब साढे १२ लाख रुपैयाँ बरामद भएको छ।

शनिबार राति चाँगुनारायण नगरपालिका ८ सुडालपुरीबाट १२ लाख ४३ हजार सात सय ८० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

स्थानीय मणिराम पुरीको घरमा जुवा तासको खेल भइरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा  जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन्। 

जुवातासमा पक्राउ परेका विरुद्ध प्रहरीले जुवा ऐन अन्तरगत मुद्दा चलाउने गरी अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .