ad ad

समाज


आफू उपचाररत बेलाका तस्बिरसहित क्यान्सर रोगीलाई मनीषा कोइरालाको सन्देश

आफू उपचाररत बेलाका तस्बिरसहित क्यान्सर रोगीलाई मनीषा कोइरालाको सन्देश

नेपालखबर
कात्तिक २१, २०७८ आइतबार १८:४६, काठमाडौँ

राष्ट्रिय क्यान्सर सचेतना दिवस (नेसनल क्यान्सर अवार्नेस डे–२०२१) का अवसरमा अभिनेत्री मनीषा कोइरालाले क्यान्सर उपचार गराइरहेका व्यक्तिलाई सफलताको शुभकामना दिएकी छन्। 

क्यान्सरलाई जितेकी कोइरालाले आइतबार सामाजिक सञ्जालमा आफू उपचाररत बेलाका तस्बिर सार्वजनिक गर्दै क्यान्सरका बिरामीलाई हिम्मत नहार्न सुझाव दिएकी हुन्। 

‘यस राष्ट्रिय क्यान्सर सचेतना दिवसमा म क्यान्सर उपचारको कठिन यात्रामा जानुहुने सबैलाई धेरै माया र सफलताको कामना व्यक्त गर्न चाहन्छु’, मनीषाले लेखेकी छन्, ‘मलाई थाहा छ, यात्रा कठिन छ, तर तपाईं त्यो भन्दा कठिन हुनुहुन्छ।’

क्यान्सरबाट पीडितप्रति सम्मान व्यक्त गर्दै उनले राष्ट्रिय क्यान्सर सचेतना दिवस क्यान्सरलाई जित्नेहरूसँग मनाउन चाहन्छु भनेकी छन्। 

क्यान्सरबारे सचेतना फैलाउन र आशा जगाउने खालका कथा घरीघरी सुनाउन आवश्यक रहेको उनले उल्लेख गरेकी छन्। 

अगाडि लेखेकी छन्, ‘आफू र विश्व (समुदाय) प्रति दयालु बनौं। म सबैको स्वास्थ्य र सुस्वास्थ्यका लागि प्रार्थना गर्दछु। धन्यवाद!’

मनीषाले आइतबार सार्वजनिक गरेका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .