हिमाल आरोहणका लागि गएका ६ जना फ्रान्सेली पर्यटक सोलुखुम्बुको खुम्बु क्षेत्रबाट बेपत्ता भएका छन्।
उनीहरु विगत ६ दिनदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।
होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसनमार्फत माउन्ट खाङतेका हिमाल चढ्न गएका तीनजना पुरुष फ्रान्सेली नागरिक कात्तिक ९ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
गत असोज १८ गते काठमाडौंबाट लुक्ला पुगेका ८ फ्रान्सेलीमध्ये थोमस, गाब्रियल र लुइस सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताएका छन्।
उनीहरुको खोजी थालिएको छ। प्रहरीका अनुसार हेलिकप्टर परिचालन गरि खोजी थालिएको छ।
ट्रेकिङ कम्पनीले प्रहरीसँगको समन्वयमा खोजी गरिरहेको छ। एकै समूहमा रहेका अन्य पाँचजना पर्यटक भने सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ।
Shares

प्रतिक्रिया