पोखरा महानगरपालिका वडा नम्बर ११ बस्ने चकबहादुर तिलिजा मृत अवस्थामा फेला परेका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ सिख घर भई हाल फूलबारी बस्दै आएका तिलिजा बुधबार साँझ घरबाट फोहर फाल्न जान्छु भन्दै हिँडेकोमा विहीबार बिहान सोही ठाउँको खारे भीरमा मृत भेटिएका हुन्।
उनी पोखरा–१७, ठुलीमजुवामा कुकुरा पालन व्यवसाय गर्थे। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया