समाज


दुई राउण्ड गोलीसहित भारतीय पक्राउ

दुई राउण्ड गोलीसहित भारतीय पक्राउ

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार ११:५७,

धनुषामा एक भारतीय नागरिक २ राउण्ड गोलीसहित पक्राउ परेका छन्।

धनुषाको बिदेह नगरपालिका–९ ईटहर्वबाट भारत मधुवनी हर्लाखी थाना बिसौल बस्ने सुमित मण्डल गोलीसहित पक्राउ परेका हुन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका विआर ३२ ए १७०३ र विआर ३२ ए ६५४४ नम्बरको मोटरसाइकल जाँचको लागि रोक्ने क्रममा मोटरसाइकल छाडी भाग्न खोजेका मण्डललाई प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले उक्त गोली र दुबै मोटरसाइकल सहित पक्राउ गरेको हो।

हाल फरार रहेका उक्त मोटरसाइकलमा सवार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad