समाज


चौधरीको मृत्यु प्रकरणमा चार जना प्रहरी नियन्त्रणमा

चौधरीको मृत्यु प्रकरणमा चार जना प्रहरी नियन्त्रणमा

नेपालखबर
कात्तिक १३, २०७६ बुधबार १२:९,

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जली गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो।

अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

‘मृतकको शव परीक्षणको प्रतिवेदन अझै आएको छैन’ उनले भने, ‘शव परीक्षणको प्रतिवेदनका आधारमा कार्वाही प्रक्रिया अगाडि बढाइनेछ।’ चौधरीको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए। सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएका थिए। त्यसको दुई घण्टापछि मृत्युको खबर आयो चौधरीका परिवारजनले नजाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad