भारत सरकारले कालोधनबाट सुन खरिद गर्नेहरुलाई लगाम लगाउने नयाँ नियम लागू गर्ने भएको छ। कालोधनलाई रोक्नका लागि मोदी सरकारले नोटबन्दीपछिकै ठूलो कदम चाल्न लागेको भारतीय मिडियाले बताएका हुन्।
स्रोतलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्स, मनि कन्ट्रोल डटकमलगायतका मिडियाले जनाएअनुसार सरकारले ‘एम्नेष्टी स्किम’ ल्याउनलागेको हो।
भारतमा यदि यो स्किम लागू भए सरकारबाट तोकिएको न्यूनतम सीमाभन्दा बढी सुन राखेको भए समयमै सरकारलाई जानकारी दिनुपर्ने हुन्छ। त्यस्तै बिलविनाको सुन किन्नेले समेत निश्चित कर तिरेर शुद्धीकरणमा जानुपर्ने हुन्छ। यद्यपि करको दर भने कति राख्ने भन्ने छलफलकै क्रममा रहेको इकोनोमिक्स टाइम्सले जनाएको छ।
एमनेस्टी स्किमका लागि एक मस्यौदा समेत तयार भइसकेको र यसलाई त्यहाँको क्याबिनेटमा पेश गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ।
एमनेस्टी स्कीमअन्तर्गत सुनको मूल्य तय गर्नका लागि भ्यालूएसन सेन्टरबाट सर्टिफिकेट लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया