समाज


दीपावलीको मैनबत्तीले सवा कराेड स्वाहा

दीपावलीको मैनबत्तीले सवा कराेड स्वाहा

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ७:५०,

उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट बजारको बिपी चोकस्थित कपडा पसलमा मैनबत्तीबाट सल्किएको आगोले सवा करोडभन्दा बढी रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

लक्ष्मी पूजाका क्रममा बालिएको मैनबत्तीको आगो सल्किएर आइतबार राति ११ बजे स्थानीय सीताराम कार्कीको घरको भुइँतलामा रहेको कपडा पसलमा आगलागी भएको हो।

आगलागीले कपडासहित पसलमा रहेका सबै सामान जल्दा १ करोड २० लाख रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन्।

रातिको समयमा लक्ष्मी पूजाका लागि उक्त कपडा पसलमा मैनबत्ती बालेर छाडेका कारण आगलागी भएको हो।

खेम नेपाल, मोहनबहादुर कार्की र नारायणबहादुर पाण्डेको उक्त संयुक्त कपडा पसलमा राति ९ बजेतिर लक्ष्मीपूजा गरेर कोठाको एक छेउको लक्ष्मीको तस्बीर छेउमा अगरबत्ती र मैनबत्ती बालेर छाडिएको थियो।

सोही कारण आगलागी भएको हुनसक्ने पीडीत नारायण पाण्डेले बताएका छन्।

उदयपुर जिल्ला प्रहरी कार्यालयका अनुसार राति १ बजे उक्त पसलमा आगलागी भएको थाहा पाएपछि प्रहरीको टोलीले तत्कालै पुगेर मंगलबार बिहान ३ बजे आगो नियनत्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए।

उक्त पसलमा रहेका १ करोड २० लाख बराबरका विभिन्न आइटमका कपडा खरानी भएको पीडितहरूको दाबी छ। तर प्रहरीले बढीमा ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .