कारोबार


तिहारमा परनिर्भर हुँदै नेपालीः ओखर मात्रै २३ करोड बढीको आयात

तिहारमा परनिर्भर हुँदै नेपालीः ओखर मात्रै २३ करोड बढीको आयात

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ८:१३,

तिहारको लागि महत्वपूर्ण मानिने ओखर मात्रै २३ करोड बढीको आयात भएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ओखर २३ करोड ३१ लाख रुपौयाँको आयात भएको हो ।

अघिल्लो वर्षको यही अवधिमा ६ करोड ५ लाखको आयात भएको थियो । तिहारमा ओखर घाँजी (मसला)को रुपमा मात्र नभई भाइटीका लगाइसकेपछि शत्रुनाश होस् भन्दै ओखर फुटाउने गरिन्छ । त्यस्तै चालू आर्थिक वर्षको तीन महिनामा मसलाको रुपमा प्रयोग गरिने बदाम तथा आलमन्ड २१ करोडको आयात भएको छ भने किसमिस ६ करोड ६१ लाखको आयात भएको छ ।

३ महिनामा नरिवल २६ करोड ८४ लाखको आयात भएकोमा काजु ३४ करोड ८२ लाखको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .