गुल्मीको गुल्मीदरबार गाउँपालिकास्थित एक घरमा जुवा खेलिरहेका बेला प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
गुल्मी दरबार गाउँपालिकाको वडा नम्बर ७, गलामस्थित लीलासिंह अधिकारीको घरबाट प्रहरीले उनीहरूलाई आइतबार राति पक्राउ गरेको हो।
उनीहरूका साथबाट २ लाख ८२ हजार रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया