समाज


हिरासतमुक्त हुन सर्वाेच्च पुगे ‘हाइप्रोफाइल’ जुवाडे

हिरासतमुक्त हुन सर्वाेच्च पुगे ‘हाइप्रोफाइल’ जुवाडे

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ५:४५,

काठमाडौंको महाराजगन्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’का २५ जुवाडे मध्येका ६ जना हिरासत  मुक्त हुन सर्वोच्च अदालत पुगेका छन्।

स्रोतका अनुसार आइतबार जुवाडेहरू बलराम सापकाेटा, पवित्रकुमार कार्की, श्रवणकुमार गाेयल, पवनकुमार गुप्ता, विक्रम गाैतम र मुक्ती लामाका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको हो।

शनिबार राति महाराजगन्जबाट पक्राउ परेका मध्ये ६ जुवाडेलाई सोमबार उपस्थित गराउन सर्वोच्चले आइतबारै महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त महाराजगञ्जका नाममा आदेश गरेको हाे। 

महाराजगञ्ज प्रहरीले अहिले केही बेरमा जुवाडेहरूलाई सर्वोच्च लैजादैं छ।

पक्राउ परेका २५ जुवाडेहरुमा क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा छन्।

महाराजगन्जकाे  साम्बाला होटेलपछाडि सञ्चालित जुवाको खालमा प्रहरीले शनिबार राति छापा मारी उनीहरुलाई पक्राउ गरेको हाे। 

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार जुवाको खालबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

72666571 2355217974694996 7943329108128169984 n

काठमाडौँ महानगरपालिका-३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगन्जको टोलीले उनीहरुलाई पक्राउ गरेको थियाे। 

बलराम सापकोटाको नेपाल, भारत र श्रीलंकामा समेत क्यासिनो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .