समाज


दाङमा ७ लाखसहित ८ जुवाडे पक्राउ

दाङमा ७ लाखसहित ८ जुवाडे पक्राउ

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ७:२,

दाङको लमहीबाट प्रहरीले झन्डै ७ लाख रुपैयाँसहित ८ जुवाडेलाई पक्राउ गरेको छ।

लमही नगरपालिकास्थित रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेका बेला उनीहरूलाई प्रहरीले मंगलबार बिहान पक्रेको हो।

उनीहरूका साथबाट तास र कौडासहित प्रहरीले ६ लाख ७८ हजार रुपैयाँ बरामद गरेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए।

पक्राउ परेकाहरूमा जुवा खेलाउने श्रेष्ठ, लमही नगरपालिका–८ का प्रकाश खड्का, सोही ठाउँका कर्णबहादुर बुढाथोकी, खिम पुन, अशोककुमार खड्का, लमही नगरपालिका–३ का अमरबहादुर तामाङ, वडा नं ६ का भिविराज किराती र लमही-५ का मुकेश चौधरी छन्।

लमहीस्थित इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेका उनीहरुविरुद्ध मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .