राजनीति


ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा भेटवार्ता

ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा भेटवार्ता

नेपालखबर
कात्तिक ११, २०७६ सोमबार ५:३५,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज (सोमबार) बिहान एक्लाएक्लै भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान झन्डै १ घण्टा प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको हो।

भेटवार्तामा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा उनीहरुबीच कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

ओली र प्रचण्डबीच दूरी बढेको चर्चा भइरहेका बेला आइतबार मात्र बाकुबाट फर्किएका प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad