समाज


‘कखरा’ विमोचनमा निम्तिएको बहसः यो शैक्षिक प्रणाली कति असल?

‘कखरा’ विमोचनमा निम्तिएको बहसः यो शैक्षिक प्रणाली कति असल?

समर्पण श्री
असोज २१ , काठमाडौँ

लिटिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्मा तीन दिनअघिको घटना सुनाउँदै थिए। उपचारको क्रममा उनी केही दिन अस्पताल बसेछन्। त्यहाँ उनले आफ्ना पूर्वविद्यार्थी भेटेछन्। जो डाक्टरी पढेर बिरामीको उपचारमातल्लीन थिए। ती डाक्टरले मुकुन्दलाई उपचारमा सहयोग गरे। 

उनले नै एक अंकोलोजिस्टसँग मुकुन्दको भेट गराए र भने, ‘उहाँ मेरो शिक्षक। मलाई उहाँले निकै कुटीकुटी पढाउनुभयो। जसका कारण अहिले म यहाँनेर छु।’

मुकुन्द यो कुरा स्वीकार गर्न तयार छैनन् कि उनकै कारण ती विद्यार्थीले यो सफलता हासिल गरे। 

‘मेरो अहिलेको चेतनाले यो कुरा अस्वीकार गर्छ। त्यसैले यो क्षणले मलाई अहिलेसम्म बिझाइरहेको छ,’ नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा उनले आफ्ना अनुभूति सुनाए, ‘अहिले लाग्यो, म यहाँ शिक्षक बनेर आएको छु। ती विद्यार्थी भने पुस्तकमा पात्र बनेर आएका छन्।’

‘तपाईंको स्कुलबाट उत्पादन भइरहेका विद्यार्थी र ‘कखरा’ पुस्तकका विद्यार्थीमा के समानता पाउनुभयो?’ लेखक तथा पत्रकार बसन्त बस्नेतले शर्मालाई यो प्रश्न तेर्स्याएका थिए। 

मुकुन्द भावुक सनिए, ‘म शिक्षक भएको ३३ वर्ष भयो। ३३ वर्षमा अनुभूत नगरेका कुरा मैले यो हलमा अहिले अनुभूति गरिरहेको छु। विद्यार्थी अगाडि आएर बोलिरहेका छन्। शिक्षक दर्शघदीर्घामा बसेर सुनिरहेका छन्। सधैँ भाषणबाजी गरेर दिक्क बनाउने शिक्षकलाई यतिबेला कस्तो महसुस भइरहेको होला!’

प्रसंग थियो, कवि तथा लेखक हरिहर तिमल्सिनालिखित शैक्षिक उपन्यास ‘कखरा’को विमोचन कार्यक्रम। हलभरि लेखक थिए, शिक्षक थिए, विद्यार्थी थिए र अभिभावकहरू थिए। पुस्तकको विमोचन पनि विद्यार्थीसहित दुई पुस्ताले संयुक्त रुपमा गरेका थिए। 

भर्खरै पुस्तक पढिसकाएका शर्माले थप अनुभूति सुनाए, ‘अहिले बुझेँ कि मैले त सिकाइ भन्दा पनि ३३ वर्षमा दिनचर्या बिताइरहेको रहेछु। हामीले हाम्रो शैक्षिक प्रणाली कस्तो बनाइरहेका छौँ, त्यो फिल गरिरहेको छु।’

लेखक हरिहरलाई इंगित गर्दै उनले भने, ‘यो पुस्तकमा हाम्रो शैक्षिक प्रणाली कति साँचो हो? त्यो भत्काउन मिल्छ कि मिल्दैन भनेर उहाँले सोध्नुभएको छ।’ 

शिक्षक र शिक्षासेवीको आँखामा ‘कखरा’
कखराको केन्द्रीय पात्र हो सफल। उसले स्कुल पढ्दै गरेका विद्यार्थीहरूको मनोभावना प्रतिनिधित्व गर्छ। सफलले सोच्ने कुरा, प्रश्न गर्ने तरिका र चाहने स्वतन्त्रता हरेक विद्यार्थीको चाहनासँग मिल्छ। शिक्षक मल्लिका जोशीले पनि यिनै कुुराहरू पुस्तक पढ्दा अनुभूत गरिन्। 

कम नम्बर ल्याउने विद्यार्थीलाई शिक्षकहरूले खराब र कमजोर करार गर्ने प्रवृत्ति छ। त्यसमा पुस्तकले गरेको प्रश्नसँग उनी सहमत छिन्।

‘शिक्षा प्रणालीका कमजोरीलाई पुस्तकमा हाइलाइट गरिएका छन्। मलाई याद छ जुन बच्चाले स्कुलमा धेरै गाली खाएको थियो ऊ अहिले पनि स्कुल सम्झेर आउँछ। जोचाहिँ राम्रो अंक ल्याउँथ्यो। ऊ फर्केर आएको थाहा छैन। अनि हामीले कमजोर भनेको विद्यार्थीले पनि जीवनमा धेरै राम्रो प्रगति गरेको छ,’ उनले भनिन्, ‘यो पुस्तकले हामी शिक्षकहरूलाई सचेत गराएको छ।’ 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालको एउटा दाबी छ, ‘कसैले पनि विद्यार्थीलाई असल बनाउन पढाइरहेका छैनन्। अभिभावकलाई ए प्लस चाहिएको छ। स्कुललाई व्यापार चाहिएको छ।’

यो पुस्तक पढेपछि उनले केही मनन गरेका छन्, ‘विद्यार्थीहरू कोर्सबुक भन्दा बाहिरको चाहिँ जत्ति पनि पढ्छन्। कोर्स बुक पढ्न चाहिँ मन गर्दैनन्। कतै हाम्रो कोर्स बुकमै त खराबी छैन?’

‘कखरा’ पढेपछि नयनराजले भेट्टाएको जवाफ
आख्यानकार नयनराज पाण्डेले ‘कखरा’बारे बोल्दै गर्दा आफ्नो बाल्यकाल सम्झिए। स्कुले जीवनका सवालजवाफ र गतिविधि सम्झिए। कक्षाकोठामा पढ्दै गर्दा एकदिन उनले जिज्ञासा जागेर शिक्षकलाई सोधेका थिए, ‘सर अमेरिका र रुसको शीतयुद्ध भनेको कस्तो हो?’

शिक्षकले जवाफ दिएका थिए, ‘धरै शीत परेको बेलामा हुने युद्ध हो।’

यो कुरा कलेज पढ्नुअघिसम्म उनले पत्याइरहे।
 
‘पछि कलेज पढ्न थालेपछि मात्र सरको जवाफ गलत हो भन्ने थाहा पाएँ,’ उनले सुनाए।

स्कुले जीवन पार गर्दा उनले साथीहरुसँग मिलेर स्कुलका भौतिक संरचना तोडफोड गर्ने प्रयास गरेका थिए। ‘किन यसरी हानियो?’ यसको जवाफ कहिल्यै पाएका थिएनन्। 

‘जब मैले यो किताब पढेँ, यसको जवाफ पाएँ,’ पाण्डेले भने। 

उनले ‘कखरा’ पढिरहँदा गिजुभाईलाई सम्झिए। ‘यो किताब फराकिलो वृत्तमा जाँदा सबैले पढ्नुपर्ने लाग्छ। चिन्तन गर्नुपर्ने लाग्छ। कखराले सजिलो भाषामा बोधगम्य हुने किसिमले आफ्नो कुरा बुझाउन सकेको छ,’ नयनले भने। 

लेखकले घटनालाई सजिलो ढंगले ट्विस्ट गरेको अनुभूति उनले गरे।

पात्रसँग मिल्दो विद्यार्थीको अनुभूति
उपन्यासका पात्र सफलले बेलाबेला शिक्षकहरूलाई अनौठो प्रश्न गर्थे। अनौठो उद्देश्य भन्थे, ‘म आकाशमा एउटा सिंगै सहर बसाउन चाहन्छु।’ यस्ता विचार होस् वा प्रश्न, सफल वेबकुफ ठहरिन्थे। विद्यार्थी कल्याणविक्रम अधिकारीले पनि स्कुले जीवनमा आफ्नो उस्तै अनुभूति रहेको सुनाए। ‘म पनि यस्तै प्रश्न गर्थें– सर हिउँ किन चिसो हुन्छ? हावा किन देखिन्न?’

तर यस्ता प्रश्नको आशालाग्दो जवाफ कहिल्यै शिक्षकहरूबाट आएन। उल्टै गाली खानुपथ्र्याे उनले। पुस्तक पढ्दै गर्दा कल्याण्विक्रमले शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्ने स्पष्ट बुझ्ने मौका पाए।

विद्यार्थी स्नेहा झाले पुस्तक पढिरहँदा उनले सफल भन्ने पात्रमा आफूलाई राखेर हेरिन्। 

‘मलाई पनि कोर्समा ध्यान हुन्न थियो। तर, शिक्षक र परिवारले कोर्सलाई बढी ध्यान देओस् ठान्ने।’

सफललाई जीवनसँग लड्न कोर्सबाहिरकै कुराले सिकायो। 

स्कुल पढ्दै गरेका अर्जुन मिजार किताब पढ्दै गर्दा स्कुलको बनावटी विज्ञापनबारे प्रष्ट भए। 

‘हरेक स्कुलले सुरुमा राम्रो देखाउन विभिन्न मुकुट पहिरिन्छन्। जब रिस उठ्छ भित्रको आफ्नो मुकुट देखाइहाल्छन्।’

कक्षा १० मा पढ्दै गरेकी स्वस्ति रेग्मीले उपन्यासको पात्र सफलमा आफू र हजारौं विद्यार्थी देखिन्। 

‘वरिपरिका बोटविरुवा, मानिस, चराचुरुंगीबाट हामीले धेरै कुरा सिक्न सक्छौं। तर विद्यालयको कोठाभित्र शिक्षालाई सीमित गरिएको छ। शिक्षा लिने अनेकन् विधिहरू छन्। यो कुरा पढ्दै गर्दा मैले सोचेँ– जीवनमा आफूलाई चाहिने कुरा मैले लिइरहेको छु त?’ उनले सुनाइन्।  

पुस्तक सिकाइ समूहले प्रकाशन गरेको हो। 
 

असोज २१, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad