जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार पाँच सय १० रुपैयाँ नगदसहित नौ जना जुवाडेलाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसबाट उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले तासका गड्डी र नगदसहित जुवाडेलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले पक्राउ परेका जुवाडेमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।
3
Shares

प्रतिक्रिया