समाज


ओछ्यानमै सर्पले टोक्यो, उपचारमा लापरबाही हुँदा बालकको मृत्यु

ओछ्यानमै सर्पले टोक्यो, उपचारमा लापरबाही हुँदा बालकको मृत्यु

नेपालखबर
असोज १७, २०७८ आइतबार १०:३६, काठमाडौँ

महोत्तरीको महोत्तरी गाउँपालिका–२ अनैठामा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

स्थानीय मदन रामका १३ वर्षीय छोरा आकाशको गएराति सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 

राति सुतिरहेको बेला ओछ्यानमै बालकलाई सर्पले डसेको हो।  

सर्पको टोकाइबाट गम्भीर बिरामी भएका बालकलाई सुरुमा धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति थप जटिल बनेपछि उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो।

जिल्ला अस्पतालमा उपचाकारकै क्रममा बालकको मृत्यु भएको आफन्तले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad