पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज नभए भोलि त अमेरिका तालिबान सरकारलाई मान्यता दिन बाध्य हुने दाबी गरेका छन्।
टर्कीको टेलिभिजन च्यानल टीआरटी वर्ल्डलाई दिएको अन्तर्वार्तामा उनले अफगानिस्तानमा शासन गरिरहेको तालिबान सरकारलाई मान्यता दिने प्रश्नमा उक्त जवाफ दिएका हुन्।
उनले भने, ‘अगस्ट १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिका स्तब्ध भएको छ, अन्योलमा परेको छ।’
इमरान खानले अमेरिकाका जनता अहिले बलीको बोकाको खोजीमा रहेको र अमेरिकी राष्ट्रपति जो बाइडनलाई गलत निशाना बनाइरहेको पनि बताए।
78
Shares

प्रतिक्रिया