समाज


अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

अदालतको अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १४:९, काठमाडौँ

सर्वोच्च अदालतले अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई सफाइ दिएको छ।

सर्वोच्चले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई आफैँ अवहेलना मुद्दामा शुक्रबार सफाइ दिएको हो। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले अवहेलना मुद्दामा मागदाबी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिने निर्णय लिएको हो। 

२०७७ फागुनमा अधिवक्ताहरु लोचन भट्टराई र धनजीत बस्नेतले उनीहरुविरुद्ध रिट हालेका थिए। 

त्यसबेला पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले छुट्टै लिखित जवाफ सर्वोच्चमा पेश गरेका थिए। अन्य तीनजनाले संयुक्त लिखित जवाफ दिएका थिए। 

चार पूर्वप्रधानन्यायाधीशले २०७७ पुस २४ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ माग गरेको संसद विघटन निर्णयलाई असंवैधानिक भनेका थिए। 

उनीहरूले जारी गरेको यो वक्त्व्यले अदालतको अवहेलना भएको भन्दै दुई अधिवक्ताले रिट हालेका थिए। प्रतिनिधिसभा विघटनविरुद्ध त्यसअघि नै रिट परेकाले विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीशहरु बोल्नु अदालतको अवहेलन हुने तर्क उनीहरुको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad