समाज


ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

ललितपुरमा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध

फाइल फोटो


नेपालखबर
साउन ५, २०८३ मंगलबार १०:४२, काठमाडौँ

पहिरो खसेपछि कान्तिलोकपथ अवरुद्ध भएको छ। 

वर्षासँगै ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा पहिरो जाँदा कान्तिलोकपथ सडक खण्ड मंगलबार बिहानबाट पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

कान्तिलोकपथ काठमाडौँ-हेटौँडा आवतजावत गर्ने सबैभन्दा छोटो दुरीको सडक हो। 

यो सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकाबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधन बिच बाटोमै रोकिएका छन्। 

त्यसैगरी बाढीपहिरोले आज इलाममा मेची राजमार्ग, भोजपुरमा मध्यपहाडी राजमार्ग, खोटाङमा मध्यपहाडी राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, बागलुङमा कालीगण्डकी करिडोर र दार्चुलामा महाकाली राजमार्ग पनि अवरुद्ध भएका छन्। 

कतिपय राजमार्गमा पहिरो खस्दा एकतर्फी भएका छन्।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको जनाएको छ।

यात्रा अघि सम्बन्धित निकायको पछिल्लो सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad